काठमाडौं, २१ साउन । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ९४ अङ्कले घटेर दुई हजार ८३२ दशमलव ०६ बिन्दुमा कायम भएको हो ।
आज २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ११२ धितोपत्रको शेयर मूल्य बढ्दा १३८ को घटेको छ । यसदिन कुल ३२० धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार माइक्रोफाइनान्स १ दशमलव ३४, अन्य शून्य दशमलव ६३, लगानी शून्य दशमलव ५३, व्यापार शून्य दशमलव २२ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।
यसैगरी जीवन बीमा शून्य दशमलव ३९, विकास बैंक शून्य दशमलव ३६, बैंकिङ शून्य दशमलव ३२, फाइनान्स शून्य दशमलव ३१, निर्जीवन बीमा शून्य दशमलव २४, होटेल तथा पर्यटन शून्य दशमलव ०९, उत्पादन तथा प्रशोधन र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव ४ प्रतिशतले घटेको छ ।
आज तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावर रहेका छन् । यस्तै समाज लघुवित्त ७ दशमलव ५२ र स्वाभिमान लघुवित्तको शेयर मूल्य ७ दशमलव ३२ प्रतिशतले बढेको छ ।
आज समता घरेलु लघुवित्त ४ दशमलव ९१, थ्री स्टार हाइड्रोपावर ३ दशमलव ८७, यूनिलिभर नेपाल २ दशमलव ७१, रिलाइबल समृद्धि योजना २ दशमलव ६३ र कालिङचोक दर्शनको शेयर मूल्य २ दशमलव ६१ प्रतिशतले ह्रास आएको छ ।