काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई तीन ‘अ’ बाट मुक्त हुन सुझाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले रास्वपा सांसदहरूलाई ती तीन ‘अ’ अर्थात् अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन आग्रह गरेका हुन् ।
‘रास्वपाका मित्रहरूलाई मेरो नम्रतापूर्वक सुझाव छ, नयाँ नयाँ दल छ, अनुभवले खारिन बाँकी छ,’ उनले भने, ‘त्यसैले तीनओटा अ बाट मुक्त हुनुस् ।’
भिजिट भिसा प्रकरणको चर्चा गर्दै शर्माले उक्त विषयलाई आवेगका आधारमा नहेर्न समेत आग्रह गरे ।