काठमाडौं, २२ साउन । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।