काठमाडौं, २२ साउन । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक १८ दशमलव ३० अङ्कले बढेको हो । यो वृद्धिसँगै परिसूचक २ हजार ८ सय ५० दशमलव ३७ को बिन्दुमा बन्द भएको छ । बुधबार परिसूचक १ दशमलव ९४ अङ्कले बढेर २८३२ को बिन्दुमा कायम थियो ।
आज परिसूचक बढेसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ । बुधबार ७ अर्ब ६३ करोड कारोबार भएकोमा आज ८ अर्ब ५३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर ९५ हजार ८३९ पटक किनबेच भएको छ ।
बिहीबार ३१८ धितोपत्र कारोबारमा आए, जसमध्ये १८७ धितोपत्रको मूल्य बढेको छ भने ६२ धितोपत्रको मूल्य घटेको छ ।
आज कारोबार भएका १३ सबै समूहको उपसूचक बढेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै १.३८ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादनमुलक समूहको १.१२, अन्य समूहको १.०३, व्यापारको ०.९९, जीवन बीमाको ०.७६, होटल एन्ड टुरिजमको ०.६०, बैंकिङको ०.४३, विकास बैंकको ०.४२ र लगानी समूहको उपसूचक ०.३० प्रतिशतले बढेको छ ।
बिहीबार सिक्लेस हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.८१ प्रतिशत प्रतिशतले बढेको छ । त्यस्तै, बरुण हाइड्रोपावरको ९.७८, मकर जितुमाया सुरी हाइड्रोपावरको ७.५६, खानीखोला हाइड्रोपावरको ६.१९, लिबर्टी इनर्जीको ५.७२ र आईसीएफसी फाइनान्सको ४.४२ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरे ८.२६ प्रतिशत घटेको छ । त्यस्तै, समाज लघुवित्तको ५.४२, सान्भी इनर्जीको २.७१, मैलुङखोला जलविद्युतको २.६९ र स्वाभिमान लघुवित्तको २.१२ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि छन् ।