तोलाको २ लाख नजिक पुग्यो सुन, हालसम्मकै उच्च मूल्यमा कारोबार

अनलाइनसमय |
२३ साउन २०८२
तोलाको २ लाख नजिक पुग्यो सुन, हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौं, २३ साउन । शुक्रबार नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन एक लाख ९८ हजार ४ सय रुपौयाँमा कारोबार भएको थियो ।

यसअघि गत मंगलबार (साउन २०) गते प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । यो रेकर्ड आज तोडेको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज आज २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस