राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

अनलाइनसमय |
२५ साउन २०८२
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, २५ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानमा भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर शुक्रबार राति मात्र स्वदेश फर्केका थिए ।

साथै भेटमा समसामयिक अन्य विषयमा पनि छलफल भएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस