काठमाडौं, २५ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू– १७ साफ महिला च्याम्पियनसिप– खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । एन्फाले आइतबार २३ खेलाडीको नाम घोषणा गरेको हो ।
अगस्त २० देखि ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ मा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिदै छन् । हरेक देशले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि शिर्ष स्थानमा रहने टिम विजेता बन्ने छ ।
नेपालले यस प्रतियोगिता अगस्त २० मा भारतसँग खेल्नेछ । त्यस्तै अगस्त २२ मा भुटानसँग, अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका छ ।
टोलीमा तीन जना गोलकिपर, आठ जना डिफेन्डर, पाँच जना मिडफिल्डर, तीन जना विङ्गर र चार जना फरवार्ड खेलाडी छन् ।
नेपाली खेलाडी :
गोलकिपरः झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ ।
डिफेन्डरः दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक ।
मिडफिल्डरः डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल ।
फरवार्डः अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल ।