काठमाडौं, २६ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । आज देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राती देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागकाका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भू–भाग तथा मधेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।