काठमाडौं, २६ साउन । रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त भएका छन् ।
कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई साउन २९ गतेबाट लागू हुने गरी नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।
साउन २९ गतेबाट रिक्त हुन लागेको सो पदमा घिमिरेलाई आगामी चार वर्षको लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
