तोलामा १३ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
२७ साउन २०८२
तोलामा १३ सयले घट्यो सुनको मूल्य

काठमाडौं, २७ साउन । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ३ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस