२७ सय बिन्दुमा झर्‍यो नेप्से, कारोबार रकम पनि घट्यो

अनलाइनसमय |
२७ साउन २०८२
२७ सय बिन्दुमा झर्‍यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं, २७ साउन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २६ दशमलव २२ अङ्कले घटेर दुई हजार ७९६ दशमलव २४ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार १० अर्ब २१ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज २४ धितोपत्रको शेयर मूल्य बढ्दा २२५ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२३ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार १३ समूहको उपसूचकमध्ये १२ ओटा उपसूचकको घटेको छ भने होटेल तथा पर्यटन समूहको उपसूचक प्रतिशतले बढेको छ ।

यसदिन फाइनान्स १ दशमलव ५३, माइक्रोफाइनान्स १ दशमलव ४९, हाइड्रोपावर १ दशमलव २६, जीवन बीमा १ दशमलव ०६, उत्पादन तथा प्रशोधन १, बैंकिङ शून्य दशमलव ९४, व्यापार शून्य दशमलव ८६, निजीर्वन बीमा शून्य दशमलव ८१, विकास बैंक शून्य दशमलव ७६, लगानी शून्य दशमलव ६६, अन्य शून्य दशमलव ६२ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव २४ प्रतिशतले घटेको छ ।

आज सिटी होटलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै समाज लघुवित्त ४ दशमलव ३४ र हिमालयन बैंक बोण्डको शेयर मूल्य ४ प्रतिशतले बढेको छ ।

आज सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै उन्नति सहकार्य लघुवित्त ८, लक्ष्मी लघुवित्त ६ दशमलव १४, गरिमा समृद्धि योजना ५ दशमलव २४ र नदेव लघुवित्तको शेयर मूल्य ५ दशमलव ०३ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस