माग सम्बोभन नभए सभामुखकै अगाडि अनसन बस्ने मोदीको चेतावनी

अनलाइनसमय |
२७ साउन २०८२
माग सम्बोभन नभए सभामुखकै अगाडि अनसन बस्ने मोदीको चेतावनी

काठमाडौं, २७ साउन । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले आफ्नो माग सम्बोधन नभए संसदभित्रै अनसन बस्ने चेतावनी दिएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पटक–पटक उठाएको १० वर्षदेखिको अधुरो हुलाकी सडक कटहरी खण्ड निर्माणको माग सम्बोधन नभए अनसन बस्ने चेतावनी दिएका हुन् ।

‘हुलाकी सडक कटहरीको खण्ड निर्माण हुन थालेको १० वर्ष हुन थालिसक्यो, आजसम्म बनेको छैन, त्यहाँका जनताहरूले अहिले सडकमा धान रोपाइँ गर्दैछन्, यस्तो परिस्थितीमा सरकारलाई रुलिङ हुनुप¥यो, सभामुखबाट रुलिङ भएन भने म तपाईँको अघि अनसन बस्छु,’ उनले भने, ‘एउटै कुरा मैले कतिचोटी उठाउनुपर्ने ? सरकारको ध्यान खाली भ्रष्टचार कहाँ गर्न पाइन्छ, कहाँ कमिशन पाइन्छ, त्यतातिर छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस