प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

अनलाइनसमय |
२८ साउन २०८२
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

ओलीले आजको बैठकमा पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि तथा समसामयिक विषयमा सम्बोधन छन् ।

तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्केका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस