गंगालाल कार्डियो विभागका प्रमुख सर्जन डा. रामेश कोइरालाले अमेरिकाबाटै दिए राजीनामा

अनलाइनसमय |
२८ साउन २०८२
गंगालाल कार्डियो विभागका प्रमुख सर्जन डा. रामेश कोइरालाले अमेरिकाबाटै दिए राजीनामा

काठमाडौं, २८ साउन । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन् । डा. कोइरालाले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो राजीनामा पत्र सार्वजनिक गरेका हुन् ।

उनले व्यक्तिगत कारणले काम गर्न असमर्थ रहेको जनाउँदै आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् । कोइराला मंगलबार बिहान अमेरिका पुगेका थिए ।

विदेशमा रहेका कारण इलेक्ट्रोनिक मेलमार्फत हस्ताक्षर प्रमाणीकरण गर्न नसक्ने काइरालाले बताएका छन् । उनले पत्रमा लेखेका छन्, ’हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले सोही मिति ३० असोज २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन अनुरोध गर्दछु ।’

उनले एक्कासी सीप, देश र पेशा छाड्दा मन अमिलो भएको बताएका छन् । उनले एक्समा राजीनामा पोस्ट गर्दै लेखेका छन्, ‘र, म तपाईँको खुच्चिङ् रमाइरहेछु । एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ । र म सो बेला शायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम !’

डा. रामेश गंगालाल अस्पतालमा २५ वर्षदेखि कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस