काठमाडौं, २९ साउन । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक शेयर (आईपीओ) आज साउन २९ गते बाँडफाँट गरिएको छ । बाँडफाँट कार्य बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नयाँ बानेश्वरस्थित कार्यालयमा सम्पन्न भएको हो ।
नतिजा लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटलको कार्यालय, मेरोसेयर एकाउन्ट, सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/ वा कम्पनीको आधिकारिक वेबसाइटबाट हेर्न सक्नेछन् ।
कम्पनीको आईपीओमा कुल २२ लाख ९६ हजार ४६५ जनाले २ करोड ६४ लाख ९८ हजार ५९० कित्ताका लागि आवेदन दिएका थिए । यामध्ये १ लाख ८५ हजार ९१० आवेदन रद्द भएका छन् । बाँकी आवेदनको आधारमा २ लाख ४२ हजार २१३ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।