पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा, ९७ लाख सम्पत्तिको स्रोत खुलेन

अनलाइनसमय |
२९ साउन २०८२
पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा, ९७ लाख सम्पत्तिको स्रोत खुलेन

काठमाडौं, २९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सिडिई) सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा वैधानिक स्रोतबाट पुष्टि नभएको करिब ९६ लाख ८५ हजार ५५३ रूपियाँ १९ पैसा बराबरको सम्पत्ति आर्जन भएको प्रमाणित भएको छ ।

सो अवधिमा यादवले विभिन्न स्रोतबाट २ करोड ६८ लाख १८ हजार रुपैयाँ बराबरको आम्दानी गरेको देखिएको छ । तर, सोही अवधिमा उनले घरजग्गा खरिद, घर निर्माण, शेयर खरिद, शैक्षिक खर्च, बीमा प्रिमियम, कर्जा भुक्तानीलगायतका शीर्षकमा ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको स्रोत नखुलेको सम्पत्ति पाइएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय, बिगो असुल उपर जरिवाना, गैरकानुनी सम्पत्ति जफत तथा झुट्टा सम्पत्ति विवरण पेस गरेको अभियोगमा पनि सजायको माग दाबी गरिएको छ।

साथै, सार्वजनिक पदमा रहँदा गैरकानुनी सम्पत्ति उनको श्रीमती आशाकुमारी यादवको नाममा राखिएको पाइएकाले उनलाई समेत प्रतिवादीका रूपमा कायम गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस