काठमाडौं, ३० साउन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ६ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।