बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनसमय |
३० साउन २०८२
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ३० साउन । काठमाडौंको बल्खुबाट बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–५ हाँडीगाउँ बस्ने सुनसरी धरान उपमहानगरपालिका–१२ घर भएका ६५ वर्षीय गोकुल श्रेष्ठ रहेका छन् ।

जिल्ला अदालत पर्साबाट २०८२ असार १८ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस