काठमाडौं, ३० साउन । नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियता दिएको छ ।
पार्टीका उपमहासचिव एवम् प्रवक्ता प्रकाश ज्वालाका अनुसार शुक्रबार बसेको पार्टी सचिवालयको बैठकले गौतमलाई तेस्रो वरीयतासहित १२ जना नेता केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको छ । वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएका छन् ।
बैठकले डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्यको जिम्मेवारी तोकेको छ ।
त्यस्तै, भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई केन्द्रीय सदस्य बनेका छन् ।