काठमाडौं, ३० साउन । बीपी राजमार्गमा १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।
काभ्रेपलाञ्चोक प्रशासनले आज एक सूचना जारी गरी बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै भदौ १५ गतेसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएको जनाएको छ ।
काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार भदौ १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा बीपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग देखि भकुण्डेवेशी हुँदै सिन्धुलीतफृ जाने निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाउने निर्णय भएको छ ।
देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद् (बाढी, पहिरो) को अवस्था सिर्जना हुन सक्ने भएकोले थप १५ दिन रातिको समयमा सवारीसाधन चलाउन लगाइएको सूचनामा उल्लेख छ ।
यसअघि स्थानीय प्रशासनले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै असार ७ गतेबाटसाँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो ।
