कुलिङ पिरियडको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन

अनलाइनसमय |
३० साउन २०८२
कुलिङ पिरियडको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन

काठमाडौं, ३० साउन । सभामुख देवराज घिमिरेले कुलिङ अफ पिरियड सम्बन्धी संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनका लागि निकायहरूमा पठाउन सचिवाल निर्देशन दिएका छन् ।

संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा कुलिङ पिरियडको विषयमा छेडखानी भएपछि छानबिनका लागि विशेष समिति गठन भएको थियो । उक्त समितिको प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखले प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका हुन् ।

उनले सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद् सचविालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन निर्देश दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस