काठमाडौं, १ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ ।
आजै मात्रै काठमाडौं आएका विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरे लगत्तै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न पुगेका हुन् ।
भेटमा नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्टपतिको कार्यालयले जनाएको छ ।
सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आएका हुन् । उनले आजै कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र विपक्षी दलका नेता पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
मिश्री सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किनेछन् । यही भदौ ३१ गते हुने प्रधानमन्त्री ओलीको तयारीको लागि काठमाडौं आएका हुन् ।