चाँदी आयातमा प्रतिपटक ५ लाख डलरसम्मको सटही सुविधा

अनलाइनसमय |
२ भदौ २०८२
चाँदी आयातमा प्रतिपटक ५ लाख डलरसम्मको सटही सुविधा

काठमाडौं, २ भदौ । नेपाल राष्ट्र बैंकले चाँदी आयातसँग सम्बन्धित सटही सुविधा बढाएको छ । अब उद्योगहरूले आफ्नो प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक पाँच लाख अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् । यसअघि यो सीमा तीन लाख डलरमा सीमित थियो ।

राष्ट्र बैंकका अनुसार सुनचाँदी व्यवसाय गर्ने उद्योगले गरगहना, कलात्मक सामग्री वा भाँडाकुँडाजस्ता वस्तु उत्पादनका लागि चाँदीलाई औद्योगिक कच्चा पदार्थको रूपमा आयात गर्दा नयाँ सुविधा लागू हुने छ ।

त्यस्तै अन्य सुनचाँदी व्यवसायीका लागि भने प्रतिपटक अधिकतम एक लाख अमेरिकी डलरसम्मको सटही सुविधा कायम गरिएको छ ।

विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार यस्तो सुविधा लिन निकासी आदेश पुष्टि भएको अग्रिम भुक्तानी, प्रतितपत्र वा खरिद आदेशसँग सम्बन्धित आवश्यक कागजात पेश गर्नुपर्नेछ ।

सटही सुविधा दिने वाणिज्य बैंकहरूले पनि प्रत्येक पटक सुविधा दिनु अघि अघिल्लो सटही सुविधा प्रयोग गरी आयात भएको चाँदी तोकिएको निर्यातमा प्रयोग भएको वा नभएको यकिन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस