तोलामा ८ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
२ भदौ २०८२
तोलामा ८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २ भदौ । नेपाली बजारमा दुई दिनयता बढिरहेको सुनको मूल्य आज भने घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ८ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस