काठमाडौं, २ भदौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको साउन ३१ गतेको बैठकले पशुपति पौडेललाई सीईओमा चयन गरेको हो ।
बैंकले जानकारी दिँदै भदौ १ गतेदेखि पौडेलले औपचारिक रूपमा सीईओको जिम्मेवारी सम्हाल्ने उल्लेख गरेको छ ।