लम्बियो एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिने समय

अनलाइनसमय |
२ भदौ २०८२
लम्बियो एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिने समय

काठमाडौं, २ भदौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिने अवधि लम्बिएको छ । कम्पनीले साउन २९ गतेदेखि बिक्री खुला गरेको इकाई खरिदका लागि अब भदौ १२ गतेसम्म आवेदन दिन सकिने भएको हो ।

एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो एक खुलामुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा ५ करोड इकाई बिक्रीमा ल्याएको छ, जसको कुल मूल्य ५० करोड रुपैयाँ बराबर हुन्छ ।

१० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बीज पूँजीका रुपमा एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधारणलाई बिक्री गरिएको हो ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बिक्री अवधिभित्र कम्तीमा ५० प्रतिशत इकाईमा आवेदन प्राप्त भएमा बाँडफाँट हुने र सो संख्यामा आवेदन नपुगेमा योजना खारेज गरी १५ दिनभित्र निवेदकलाई रकम फिर्ता गरिने उल्लेख गरिएको छ ।

योजनाको विश्वसनीयता मूल्याङ्कन गर्दा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कोष प्रबद्र्धकलाई ‘आईआरएन ट्रिपल बी’ इस्यूअर रेटिङ्ग दिएको छ भने इक्रा नेपालले योजना व्यवस्थापकलाई ‘केयरएनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ्ग प्रदान गरेको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड नै रहेको छ । लगानीकर्ताले आवेदन दिन धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थासँगै मेरो शेयर वेब र मोबाइल एप मार्फत पनि सुविधा लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस