९.१६ अङ्कले बढ्यो नेप्से, कारोबार रकममा भने ह्रास

अनलाइनसमय |
२ भदौ २०८२
९.१६ अङ्कले बढ्यो नेप्से, कारोबार रकममा भने ह्रास

काठमाडौं, २ भदौ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव १६ अङ्कले बढेर दुई हजार ७७० दशमलव ३९ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १८१ धितोपत्रको शेयर मूल्य बढ्दा ६६ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२० धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार १३ समूहको उपसूचकमध्ये ११ को बढ्दा दुई समूहको उपसूचक घटेको छ ।

यसदिन व्यापार १ दशमलव २९, हाइड्रोपावर ९७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४९, लगानी शून्य दशमलव ४३, निर्जीवन बीमा शून्य दशमलव ३८, जीवन बीमा शून्य दशमलव ३२, विकास बैंक शून्य दशमलव ३१, होटेल तथा पर्यटन शून्य दशमलव २४, बैंकिङ शून्य दशमलव १७, फाइनान्स शून्य दशमलव ०९, र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले घटेको छ ।

यस्तै अन्य शून्य दशमलव ५८ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ४९ प्रतिशतले घटेको छ ।

आज यूनियन हाइड्रोपावर ६ दशमलव १, अपर स्याँगे हाइड्रोपावर ५ दशमलव ९४, अपर लोहोरे खोला हाइड्रोपावर ५ दशमलव ४३ र दोर्दी खोला जलविद्युत्को शेयर मूल्य ४ दशमलव ७८ प्रतिशतले बढेको छ ।

आज सम्पदा लघुवित्त ४ दशमलव ८१, हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेड प्रोमोटर ३ दशमलव ९७, समता घरेलु लघुवित्त ३ दशमलव ५३, नेपाल रिपब्लिक मिडिया ३ दशमलव ३६ र लक्ष्मी भ्यालु फण्डको शेयर मूल्य ३ दशमलव ०२ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस