काठमाडौं, ३ भदौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार २ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबा सुन प्रतितोला १ लाख ९६ हजार ३ सयरुपैयाँमा कारोबार थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।