काठमाडौं, ३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई शान्ति सम्झौताको अंशको रूपमा सुरक्षा प्रदान गर्ने बताएका छन् । द टलिग्राफका अनुसार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र विभिन्न यूरोपेली नेतासँगको बैठकमा ट्रम्पले अमेरिकाले अत्यन्त राम्रो सुरक्षा दिने प्रतिवद्धता जनाएका हुन् ।
उनले आवश्यक परे अमेरिकाका सैनिक युक्रेन पठाउन सक्ने पनि बताए । ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका लागि सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएका छन् । पुटिनले अर्को दुई हप्ताभित्र जेलेन्सीसँग बैठक गर्ने सहमति पनि दिएका छन् । यदि यो भेट भएमा फेब्रुअरी २०२२ पछि पहिलो पटक यी दुई नेता आमनेसामने आउनेछन् ।
ट्रम्पले शान्ति वार्ताको आयोजना गरिरहेको बताए । त्यसपछि तीन पक्षीय बैठकमा सहभागी हुने पनि जानकारी दिए ।
यसअघि ट्रम्प र जेलेन्स्कीलाई जर्मनी, ब्रिटेन, फ्रान्स, इटाली, फिनल्याण्ड र युरोपेली संघका प्रमुख नेताहरूले ह्वाइट हाउसमा भेट दिएका थिए ।