तोलामा १६ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
४ भदौ २०८२
तोलामा १६ सयले घट्यो सुनको मूल्य

काठमाडौं, ४ भदौ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ६ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार १ सयरुपैयाँमा कारोबार थियो ।

यस्तै, आज चाँदी तोलामा ७५ रुपेयाँले घटेको छ । मंगलबार प्रतितोला २ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस