बढ्यो वीरगञ्ज भन्सारको राजस्व संकलन, एक महिनामै करिब साढे १८ अर्ब

अनलाइनसमय |
४ भदौ २०८२
बढ्यो वीरगञ्ज भन्सारको राजस्व संकलन, एक महिनामै करिब साढे १८ अर्ब

काठमाडौं, ४ भदौ । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव)को पहिलो महिना (साउन)मा करिब साढे १८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार गत साउन १ गतेदेखि साउन मसान्तसम्ममा १८ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ संकलन भएको छ, मासिक लक्ष्यको ८७ दशमलव ६८ प्रतिशत हो । कार्यालयले साउनमा २० अर्ब ९८ करोड २१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।

गत आवको तुलनामा चालू आवको राजस्व संकलन १५ दशमलव ८४ प्रतिशत बढेको छ । आव २०८१/८२ को पहिलो महिनामा १५ अर्ब ९१ करोड ५४ लाख रुपैयाँ संकलन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस