काठमाडौं, ४ भदौ । प्रतिनिधिसभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री ओली स्वास्थ्यका करणले आजको प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा उपस्थित नहुने जानकारी गराएका छन् ।
प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार आजको कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राखिएको थियो ।