भदौ २३ गतेदेखि हकप्रद शेयर बिक्री गर्दै रिभर फल्स पावर

अनलाइनसमय |
५ भदौ २०८२
भदौ २३ गतेदेखि हकप्रद शेयर बिक्री गर्दै रिभर फल्स पावर

काठमाडौं, ५ भदौ । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ७० करोड रुपैयाँको १०० प्रतिशत अर्थात १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । जस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । तसर्थ साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र सो हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद शेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकम कम्पनीले डाउन पिलुवा खोलामा आएको विनाशकारी बाढी लगायतका काबु बाहिरको परिस्थितिको कारणले आयोजनाको लागत वृद्धि भई बैंकको ऋण थप भएकोले उक्त आयोजनाका लागि लिएको ऋण तिर्न प्रयोग गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस