९.२२ अङ्कले घट्यो नेप्से, ५ अर्बको कारोबार

अनलाइनसमय |
५ भदौ २०८२
९.२२ अङ्कले घट्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं, ५ भदौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ९ दशमलव २२ अङ्कले घटेर दुई हजार ७५७ दशमलव ९७ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ५ अर्ब २० करोड ७ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ५३ धितोपत्रको शेयर मूल्य बढ्दा १९७ को घटेको छ । यसदिन कुल ३१९ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार निर्जीवन बीमा शून्य दशमलव प्रतिशत बाहेक अन्य सबै समूहको उपसूचक घटेको छ ।

यसदिन होटेल तथा पर्यटन शून्य दशमलव ८६, विकास बैंक शून्य दशमलव ६५, व्यापार शून्य दशमलव ६४, फाइनान्स शून्य दशमलव ५५, अन्य शून्य दशमलव ५२, हाइड्रोपावर शून्य दशमलव ५२, जीवन बीमा शून्य दशमलव ३२, लगानी शून्य दशमलव २६, माइक्रोफाइनान्स शून्य दशमलव २१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १८ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव १७ प्रतिशतले घटेको छ ।

आज विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सामुदायिक लघुवित्त ५ दशमलव ३७, रसुवागढि हाइड्रोपावर २ दशमलव ८९ र सानिमा ग्रोथ फण्डको शेयर मूल्य २ दशमलव ७५ प्रतिशतले बढेको छ ।

यसदिन जनउत्थान सामुदायिक लघुवित्त ४ दशमलव ६५, सयपत्रि हाइड्रोपावर ४ दशमलव ५३, रिलाइन्स समृद्धि योजना ४ दशमलव २१ र पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ०८ प्रतिशले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस