विद्यार्थीका लागि ‘भिजिट नेप्से कार्यक्रम’ गर्दै नेप्से

अनलाइनसमय |
५ भदौ २०८२
विद्यार्थीका लागि ‘भिजिट नेप्से कार्यक्रम’ गर्दै नेप्से

काठमाडौं, ५ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूँजी बजारबारे जानकारी दिन ‘भिजिट नेप्से कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बिहीबार नेप्सेले सूचना जारी गर्दै उक्त पहल सुरु गर्न लागेको जनाएको हो ।

यस कार्यक्रममार्फत् विद्यालय, कलेजका विद्यार्थीलाई नेप्से, पूँजी बजारसँग सम्बन्धित निकाय र प्रणालीबारे जानकारी गराइने छ । यद्यपि सहभागी हुन चाहने शिक्षण संस्थाले आफ्नो नाम, ठेगाना र विद्यार्थी संख्याको विवरणसहित नेप्सेमा सम्पर्क गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस