काठमाडौं, ५ भदौ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि हुने भएको छ ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो ।
एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ । एनपीएलको पहिलो संस्करण सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दे जनकपुर बोल्टसले जितेको थियो ।