काठमाडौं, ७ भदौ । मानिसको जीवन अनिश्चितताले घेरिएको हुन्छ । व्यक्तिको जीवन र धनसम्पत्तिमा विभिन्न कारणले जुन कुनै पनि क्षति, हानि नोक्सानी पुग्न सक्छ । बीमा जोखिमहस्तान्तरणको निर्विकल्प माध्यम हो ।
जीवन र सम्पत्तिको बीमा गरेमा भोलि भवितव्य पर्दा वा आकस्मिक समस्या पर्दा वित्तीय सुरक्षा पाइन्छ । तर बीमा जोखिम न्यूनीकरणको महत्वपूर्ण वित्तीयऔजार हुँदाहुँदै पनि यसको पहुँच अझै पनि जनसंख्याको आधामा पनि पुग्न सकेको छैन । गत आर्थिक वर्षसम्ममा ४८ प्रतिशत जनसंख्यामा यसको पहुँच पुगेको छ ।
म्यादी, लघुम्यादी र वैदेशिक रोजगार बीमालेखलाई झिक्दा यो १८ प्रतिशत मात्र हुन्छ । धेरैलाई बीमाबोझिलो लाग्छ भने बुझेकाहरुले पनि यसलाई गम्भीरता पूर्वक लिएको पाइँदैन । यद्यपि बीमा कम्पनीको शाखा विस्तार र लघुबीमा कम्पनी समेत सञ्चालनमा आएपछि बीमा सेवा सहज भने भएको छ ।बीमा सेवाको सहजपहुँचसँगै बीमामा आबद्ध जनसंख्या कसरी बढाउन सकिन्छ ? बीमाको दिगो, भरपर्दो र गुणस्तरीय विकास विस्तार कसरी सम्भवहुन सक्छ त ?
१.नेपालमा गत आर्थिक वर्षसम्ममा बीमाको पहुँचमा पुगेको जनसंख्या ४८ प्रतिशत छ । (यो सबै किसिमका जीवन बीमालेख सहितको तथ्यांक हो) । नेपालको बीमाको यो पहुँच सन्तोषजनक छ या छैन ? किन ?
यस विषयमा हिमालय टेलिभिजनमा बिहीबार प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा बीमा विज्ञ विक्रान्त पाण्डेसँग गरिएको कुराकानी :