काठमाडौं, ६ भदौ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिना (साउन)मा साढे १ खर्ब बढिको वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागका अनुसार गत साउन मसान्तसम्ममा १ खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको हो, जुन गत आवको यसै अवधिको तुलनामा १८ दशमलव ७५ प्रतिशत बढी हो । २०८१ को पहिलो महिनामा १ खर्ब २० अर्ब ६० करोड रुपैयाँको व्यापार भएको थियो ।
गत साउनमा निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ । गत आवको एक महिनामा १२ अर्ब २२ करोड रुपैयाँको निर्यात भएकोमा चालू आवको सोही अवधिमा २३ अर्ब ९३ करोड रुपैयाँको भएको छ ।
यसैगरी आवको एक महिनमा १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँको आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ११ दशमलव ४२ प्रतिशत धेरै हो । सो आवको साउनमा १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँको भित्रिएको थियो ।
चालू आवको साउनमा नेपाललाई १ खर्ब १९ अर्ब १० करोड रुपैयाँ वैदेशिक व्यापार घाटा भएको छ ।