काठमाडौं, ८ भदौ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिना (साउन)मा करिब ३ अर्बको आँप आयात गरिएको छ । भन्सार विभागका अनुसार गत साउनमा नेपालमा २ अर्ब ७७ करोड ६१ लाख रुपैयाँ बराबरको आँप भित्रिएको हो ।
एक महिनामा सो रकम बराबरको ४ हजार ३१० टन आँप आयात गरिएको छ । यसबाट सरकारलाई ३ करोड ९१ लाख रुपैयाँ राजस्व प्राप्त भएको तथ्याङ्क छ ।
सो अवधिमा नेपालबाट भने ४४ किलोग्राम मात्र आँप निकासी भएको छ । जसको मूल्य ६ हजार रुपैयाँ रहेको छ ।