साढे ११ प्रतिशतले बढ्यो वाणिज्य बैंकको खुद नाफा, कुन बैंकले कति आर्जन गरे ?

अनलाइनसमय |
८ भदौ २०८२
साढे ११ प्रतिशतले बढ्यो वाणिज्य बैंकको खुद नाफा, कुन बैंकले कति आर्जन गरे ?

काठमाडौं, ८ भदौ । गत आर्थिक वर्ष (आव)मा वाणिज्य बैंकहरूको खुद नाफा बढेको छ । पछिल्लो तथ्याङ्क अनुसार २० ओटा वाणिज्य बैंकहरूको खुद नाफा साढे ११ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार अघिल्लो आव २०८०/८१ को असार मसान्तसम्मको तुलनामा गत आवको सोही अवधिमा यस्तो बैंकको खुद नाफा ११ दशमलव ४६ प्रतिशत बढेकोे हो । गत असारसम्ममा बैंकहरूको खुद नाफा ७१ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको यसै अवधिमा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

आवको असारसम्ममा धेरै खुद नाफा गर्नेमा नबिल बैंक रहेको छ । बैंकले ७ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो आवको यसै अवधिको तुलनामा शून्य दशमलव ९५ प्रतिशत बढी हो । यस बैंकले २०८१ को असारसम्ममा ७ अर्ब ६ करोड खुद नाफा गरेको थियो ।

यसपछि नेपाल इन्भेष्टमेन्ट मेगाले ६ अर्ब ७५ करोड, ग्लोबल आईएमईले ६ अर्ब २० करोड र प्रभु बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।
कुन बैंकको खुद नाफा कति ? (रू. करोडमा)


राष्ट्र बैंकको तथ्याङ्क हेर्दा अघिल्लो आवको तुलनामा गत आवको सोही अवधिमा १४ ओटा वाणिज्य बैंकको खुद नाफा बढेको छ भने ६ ओटामा ह्रास (कम नाफा) आएको छ । सो अवधिमा सबै भन्दा कम खुद नाफा गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले २०८१ को असारसम्ममा १ अर्ब ३८ करोड खुद नाफा गरेको थियो भने गत आवको सोही अवधिमा १६ करोड रुपैयाँ नाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस