वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, यी वस्तुमा बढ्यो महङ्गी

अनलाइनसमय |
८ भदौ २०८२
वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, यी वस्तुमा बढ्यो महङ्गी

काठमाडौं, ८ भदौ । गत आर्थिक वर्ष २०८१÷८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ०६ प्रतिशत रहेको छ । अघिल्लो आवमा वर्ष यस्तो मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत रहेको थियो ।

२०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव २० प्रतिशत रहेको छ । २०८१ असार महिनामा यस्तो मुद्रास्फीति ३.५७ प्रतिशत रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत आवमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको महङ्गी १०.७१ प्रतिशतले बढको छ । त्यस्तै घ्यू तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशतले मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

मरमसला उप–समूहको मूल्य सूचकाङ्क २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको छ
राष्ट्र बैंकका अनुसारु गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.०९, मदिराजन्य पेय पदार्थको ५.६५, फर्निसिङ तथा घरायसी उपकरणहरूको ४.७८ र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति आर्थिक वर्ष २०८१÷८२ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ६.४७ प्रतिशत रहेको थियो ।

गत आवमा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो ।

गत आवमा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७७ प्रतिशत, तराईको ४.१४ प्रतिशत, पहाडको ३.८६ प्रतिशत र हिमालको ४.८९ प्रतिशत रहेको छ । त्यस्तै ग्रामीण क्षेत्रको वार्षिक औसत उपभोक्ता मूल्य सूचकाङ्क ४.४० प्रतिशत र सहरी क्षेत्रको ३.९४ प्रतिशतले बढेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस