नेप्से ४.८३ अङ्कले बढ्दा घट्यो कारोबार रकम

अनलाइनसमय |
१० भदौ २०८२
नेप्से ४.८३ अङ्कले बढ्दा घट्यो कारोबार रकम

काठमाडौं, १० भदौ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ८३ अङ्कले बढेर दुई हजार ७६६ दशमलव ०९ बिन्दुमा कायम भएको हो ।

आज ९२ लाख ४३ हजार २३२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १०१ धितोपत्रको शेयर मूल्य बढ्दा १४९ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२२ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार अन्य १ दशमलव ४२, विकास बैंक शून्य दशमलव ९६, होटेल तथा पर्यटन शून्य दशमलव १७, बैंकिङ शून्य दशमलव १४, क्युचुअल फण्ड शून्य दशमलव १३, फाइनान्स शून्य दशमलव १२, व्यापार शून्य दशमलव ११, हाइड्रोपावर शून्य दशमलव ७ र जीवन बीमा समुहको उपसूचक शून्य दशमलव ६ प्रतिशतले बढेको छ ।

यसदिन उत्पादन तथा प्रशोधन शून्य दशमलव ६८, माइक्रोफाइनान्स शून्य दशमलव ४८, निर्जीवन बीमा शून्य दशमलव १ र लगानी समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले घटेको छ ।

आज विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै नेपाल रिपब्लिक मिडिया ८ दशमलव ६१, नारायणी डेभलपमेन्ट बैंक ७ दशमलव २८ र सीवाईसी लघुवित्तको शेयर मूल्य ४ दशमलव ५३ प्रतिशतले बढेको छ ।

आज कुमारी सवल योजना ३ दशमलव ६६, नदिप लघुवित्त २ दशमलव ९९, पिपुल्स हाइड्रोपावर २ दशमलव ५९ र विजय लघुवित्तको शेयर मूल्य २ दशमलव ४४ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस