काठमाडौं । नेपाल बैंक लिमिटेड र काभ्रेपलाञ्चोकस्थित माउन्टेन भिस्टा रिट्रिट प्रा.लि.बीच विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, उनीहरूको परिवारका सदस्य तथा बैंकमा खाता रहेका ग्राहकले माउन्टेन भिस्टा रिट्रिट प्रा.लि.ले प्रदान गर्ने सेवा मूल्यमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको हो ।
सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिट प्रा.लि.को तर्फबाट बिक्री निर्देशक प्रदिप शर्मा पौडेलले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतामार्फत नेपाल बैंकका कर्मचारी, परिवार र ग्राहकले काभ्रेपलाञ्चोक, मण्डनदेउपुर–२ मा अवस्थित उक्त रिसोर्टका विभिन्न सेवामा विशेष सुविधा प्राप्त गर्ने भएका छन् ।