काठमाडौं, ११ भदौ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । हिजो मंगलमबार प्रतितोला २ हजार ३६० रुपैयाँ कायम भएको चाँदी आज २ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।