काठमाडौं, ११ भदौ । सरकारले कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा डिम प्रसाद पौडेललाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयको सिफारिसमा उनलाई नयाँ अध्यक्षमा नियुक्त गरिएको हो ।
यसअघि अध्यक्ष रहेका पूर्वसचिव रामशरण पुडासैनीलाई प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नियुक्त गरेपछि बैंकको अध्यक्ष पद रिक्त बनेको थियो ।
पौडेलले आजै नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिने तयारी भएको बताइएको छ ।