काठमाडौं, ११ भदौ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५३ दशमलव ०१ अङ्कले बढेर दुई हजार ५१९ दशमलव १ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज २३२ धितोपत्रको शेयर मूल्य बढ्दा १९ को घटेको छ । यसदिन कुल ३२१ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार सबै समूहको उपसूचक बढेको छ । यसदिन विकास बैंकको सर्वाधिक ३ दशमलव ४ प्रतिशतले बढेको छ ।
यस्तै उत्पादन तथा प्रशोधन २ दशमलव ६९, व्यापार २ दशमलव ६८, जीवन बीमा २ दशमलव २१, लगानी २ दशमलव १९, अन्य २ दशमलव १४, फाइनान्स १ दशमलव ९८, हाइड्रोपावर १ दशमलव ८५, निर्जीवन बीमा १ दशमलव ६८, होटेल तथा पर्यटन १ दशमलव ६६, बैंकिङ १ दशमलव ३८, माइक्रोफाइनान्स १ दशमलव ०९ र म्युचुअल फण्ड समुहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले बढेको छ ।
आज विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै समता घरेलु लघुवित्त ९ दशमलव ३६, ग्रिन भेन्चर्स ८ दशमलव ०८, क्रेष्ट माइक्रो लाइफ ७ दशमलव ६ र गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्य ७ दशमलव २८ प्रतिशतले बढेको छ ।
आज नेपाल रिपब्लिक मिडिया ४ दशमलव २९, सीवाईसी लघुवित्त ३ दशमलव ०५ र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य २ दशमलव ०७ प्रतिशतले ह्रास आएको छ ।