काठमाडौं, १२ भदौ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार प्रतितोला २ हजार ३४५ रुपैयाँ कायम भएको चाँदी आज २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।