काठमाडौं, १२ भदौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना संस्थापक शेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ । बैंकका संस्थापक शेयरधनी बलराम श्रेष्ठले स्वामित्वमा रहेका ६४ हजार कित्ता र विश्व प्रकाश गुरुङको स्वामित्वमा रहेका २५ हजार ७५९ कित्ता शेयर बिक्री गर्न लागिएको बैंकले जानकारी दिएको हो ।
यसअघि बैंकले संस्थापक शेयरधनीहरूलाई ३५ दिने सूचना जारी गरी बिक्रीका लागि प्रस्ताव गरेको थियो । तर सो अवधिमा बिक्री नभएपछि हाल सर्वसाधारणलाई उक्त शेयर खरिद गर्ने अवसर खुलाइएको हो ।
शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।