काठमाडौं, १२ भदौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ३८ दशमलव १० अङ्कले घटेर दुई हजार ७८१ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज २४ धितोपत्रको शेयर मूल्य बढ्दा २२७ को घटेको छ । यसदिन कुल ३२२ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ । यसदिन म्युचुअल शून्य दशमलव १ र निर्जीवन बीमा शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।
यसदिन विकास बैंक २ दशमलव ३८, फाइनान्स १ दशमलव ९७, जीवन बीमा १ दशमलव ६५, लगानी १ दशमलव ५८, हाइड्रोपावर १ दशमलव ४४, व्यापार १ दशमलव २६, उत्पादन तथा प्रशोधन १ दशमलव ७, अन्य १ दशमलव ७, होटेल तथा पर्यटन १ दशमलव ६, माइक्रोफाइनान्स ४ र बैंकिङ शून्य दशमलव ८७ प्रतिशतले घटेको छ ।
आज विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै मेलुङ खोला जलविद्युत् ३ दशमलव ६२, थ्री स्टार ३ दशमलव ४१, एनएलजी इन्सुरेन्स ३ दशमलव १९ र पिपुल्स पावरको शेयर मूल्य ३ दशमलव १७ प्रतिशतले बढेको छ ।
यसदिन ओरियन्टल होटल ४ दशमलव ७१, लुम्बिनी विकास बैंक ४ दशमलव १८, साग्रिला डेभलपमेन्ट विकास बैंक ३ दशमलव ८७, सिक्लेस हाइड्रोपावर ३ दशमलव ८ र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य ३ दशमलव ६६ प्रतिशले ह्रास आएको छ ।