काठमाडौं, १५ भदौ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो ।
शुक्रबार तोलामा २ लाख ६०० रुपैयाँमा कारोबार हुँदै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो, यो रेकर्ड आज नै तोडिएको छ ।
यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।